शुक्रबार, जेठ २९, २०८३

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  मंगलबार, असोज २८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २८, २०८२
National life
Shivam cement

काठमाडौं- गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रकाशित: Oct 14, 2025| 12:23 मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्