मंगलबार, पुस १, २०८२

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 |  आइतबार, असोज २६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज २६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए।

उनले भने, ‘गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए। उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।’

प्रकाशित: Oct 12, 2025| 11:45 आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्