शुक्रबार, मंसिर १२, २०८२

जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

काठमाडौं । ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो।

National life

जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे।

बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो। जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए।

उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए। रहमानले २५ बलमा ३१ रनको योगदान दिए। एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो।

Laxmi sunrise bank
kumari

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिएका थिए।

जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर-६ मा गएको छ। अब नेपालले सुपर-६ मा समूह ए र सीबाट आउने २/२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

प्रकाशित: Oct 10, 2025| 19:44 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्