बुधबार, पुस २, २०८२

एकतर्फी खुल्यो बीपी राजमार्ग

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

काठमाडौं- बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।

National life

राजमार्गको काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए। उनका अनुसार उक्त राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने छ।

सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो।

साथै काभे्रको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो। त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा क्षति पुगेको न्यौपानेले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिनुभएको थियो। उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2025| 19:08 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्