गोरखा- मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। प्रजापति आफ्ना साथथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए।
‘लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो। अन्य चार जना मनाङतर्फ झरेका छन्’, उनले भने। प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।