बुधबार, पुस २, २०८२

हिमपातले हुम्लाको न्यालु सडक बन्द

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

हुम्ला- अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।

National life

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए।

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।

प्रकाशित: Oct 10, 2025| 08:16 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्