शुक्रबार, साउन १५, २०८३

मनसुन क्रमशः कमजोर हुँदै, यस्तो छ आजको मौसम पूर्वानुमान

 |  बिहीबार, असोज २३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २३, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: Oct 09, 2025| 07:27 बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्