शुक्रबार, साउन १५, २०८३

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

 |  सोमबार, असोज २०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असोज २०, २०८२

सुनसरी- अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ।

गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए।

अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए। आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो।

प्रकाशित: Oct 06, 2025| 11:16 सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्