मंगलबार, पुस १, २०८२

देशभर कुन-कुन सडक अवरुद्ध छन् ?

 |  आइतबार, असोज १९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १९, २०८२

काठमाडौं- अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ। मौसम क्रमशः खुल्दै गए पनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ।

National life

जोखिम हुनसक्ने भएकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमनलाई यही असोज २० गतेसम्मका लागि रोकेको थियो। आज मौसम खुलेको र बाढीपहिरोले अवरोध नभएका सडकमा सवारीसाधन खुलाउन पहल भइरहको छ।

नेपाल प्रहरीको प्रधान कार्यालयमा सङ्कलित आज बिहान ९:३० बजेसम्मको विवरणानुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको छ।

नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी एकतर्फी बाटो अवरोध भएको छ। चितवनको नाम्चेखोला र तुइनखोलास्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट पहिरो खसी बाटो एकतर्फी अवरोध भएको छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा धुलिखेलदेखि दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ।

रसुवाको रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको छ। रसुवाकै घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित सुक्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ। सङ्खुवासभाका वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरोध भएको छ। अरनिको राजमार्गमा चारकिलोस्थित सडक भाँसिन गई अवरुद्ध भएको छ।

Laxmi sunrise bank
kumari

ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल हुमाने काठमाडौं सडकखण्ड अवरोध हुन पुगेको छ। कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड दुईतर्फी अवरोध भएको छ।

यस्तै सिन्धुलीको सिन्दुरे दोभानस्थित मदन भण्डारी राजमार्गमा पहिरो गई बाटो अवरोध भएको छ। धनकुटाको साँगुरीगढीस्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा गरी तीन ठाउँमा बाटो अवरोध भएको छ।

प्रकाशित: Oct 05, 2025| 11:42 आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्