शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

 |  आइतबार, असोज १९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १९, २०८२

सुनसरी- गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ। जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन्। सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए। उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ।

आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो।

उनले भने, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन्।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन्।

प्रकाशित: Oct 05, 2025| 11:17 आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्