बिहीबार, असोज ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो, मुग्लिन सडक एकतर्फी सञ्चालन

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो, मुग्लिन सडक एकतर्फी सञ्चालन

 |  आइतबार, असोज १९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १९, २०८२

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।

Kumaribank

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे।

वि.सं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 05, 2025| 08:15 आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्