काठमाडौं- पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो।
तीन जना महिला र तीन जना पुरुष गरी छ जनाको मृत्यु भएको बताइएको छ। उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ।