शुक्रबार, साउन १५, २०८३

राति यात्रा नगर्न सडक विभागको अनुरोध

 |  शुक्रबार, असोज १७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १७, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ।

वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो। सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ।

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: Oct 03, 2025| 14:56 शुक्रबार, असोज १७, २०८२
प्रतिक्रिया दिनुहोस्