आइतबार, कात्तिक २२, २०८३

नवलपरासी कारागारले भन्यो- भागेका कैदीबन्दीलाई आश्रय नदिनू

 |  शुक्रबार, असोज १७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १७, २०८२

नवलपरासी- भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ।

Machhapuchchhre

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए। उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता भइसकेका छन्।

भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए।

उनले भने, ‘असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।’

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए।

प्रकाशित: Oct 03, 2025| 12:40 शुक्रबार, असोज १७, २०८२