मंगलबार, पुस १, २०८२

बिर्तामोडमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

 |  बिहीबार, असोज १६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १६, २०८२

बनियानी- बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

National life

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताउनुभयो। दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ।

प्रकाशित: Oct 02, 2025| 12:41 बिहीबार, असोज १६, २०८२
प्रतिक्रिया दिनुहोस्