शुक्रबार, जेठ २९, २०८३

आज बडादसैं, टीकाको उत्तम साइत ११:५३ बजे

 |  बिहीबार, असोज १६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १६, २०८२

काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैंको आज मुख्य दिन हो, जसलाई मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ।

National life

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।

टीका लगाउने बेलाको दिशाबारे समितिले तोकेको नियमअनुसार गर्नुपर्ने परम्परा छ। टीका लगाइदिने व्यक्ति पश्चिम फर्कनुपर्छ। टीका लगाउने व्यक्ति पूर्व फर्कनुपर्छ।

यसपछि, घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

आजको दिन गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थाप्ने गरिन्छ। यसरी टीका ग्रहण गर्दा यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

Shivam cement

घटस्थापनाको दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ र टीकासँगै प्रसादका रूपमा लगाइन्छ।

आज (दशमी)को दिनमा टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनहरूको हातबाट टीका ग्रहण गर्न सक्नेछन्। यसरी पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्ने परम्परा छ।

प्रकाशित: Oct 02, 2025| 07:46 बिहीबार, असोज १६, २०८२
प्रतिक्रिया दिनुहोस्