बुधबार, असोज १५, २०८२

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

 |  बुधबार, असोज १५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १५, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिजविरुद्धको ऐतिहासिक टी२०आई सिरिज अवधिभरका लागि क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

Kumaribank

यूएईको सारजाह क्रिकेट मैदानमा सेप्टेम्बर २७–३० सम्म पहिलोपटक आयोजना गरिएको नेपाल र वेस्टइन्डिज बीचको टी२०आई सिरिजमा सहभागी हुन तोकिएका लामिछानेले सिरिजको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि आफैं खेल नखेल्ने निर्णय गरेका थिए।

लामिछानेको एकपक्षीय निर्णयले टोली व्यवस्थापन, खेलाडी र समग्र नेपाली क्रिकेटमा नै गम्भीर असर परेको भन्दै टोली व्यवस्थापनको सिफारिसमा उनलाई सिरिजको पहिलो खेलपछि बाँकी २ खेल र सम्पूर्ण सिरिजका लागि निलम्बन गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘लामिछानेको निर्णयले टीम म्यानेजमेन्ट र खेलाडीमाझ असहज परिस्थिति सिर्जना भएकोले उनलाई बाँकी खेलहरूमा सहभागी नगराउने निर्णय गरिएको हो,’

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Metro Mart

नेपाली राष्ट्रिय टोली अब अक्टोबर ८–१७ सम्म ओमानमा हुने आईसीसी मेनस् टी२० विश्वकप एसिया/ईएपी फाइनल प्रतियोगितामा सहभागी हुने तयारीमा लागेको छ। प्रतियोगिताबाटै आगामी टी२० विश्वकप क्रिकेटमा छनोट हुने भएकाले नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण अवसर भएको क्यानले जनाएको छ।

१६ सदस्यीय नेपाली टोली तथा अफिसियलहरू बुधबारै यूएईबाट ओमान प्रस्थान गरिसकेको क्यानको भनाइ छ। विज्ञप्तिमा क्रिकेटप्रेमी तथा सरोकारवालाहरूलाई राष्ट्रिय टोलीप्रति निरन्तर समर्थन र हौसला प्रदान गर्न आग्रह समेत गरिएको छ।

ca-1214x1536-1759326965.jpg
 

प्रकाशित: Oct 01, 2025| 19:39 बुधबार, असोज १५, २०८२
प्रतिक्रिया दिनुहोस्