शुक्रबार, जेठ २९, २०८३

गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ

 |  बुधबार, असोज १५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १५, २०८२

किमाथांका (सङ्खुवासभा) । सङखुवासभामा दसैं-तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन्।

National life

मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो। वर्षको एक दिन भुइँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन्।

चर्खेपिङ बनाउन ठूला-ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ। पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ। केही वर्षअघिसम्म सङ्खुवासभाका गाउँगाउँमा दसैं-तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो।

जिल्लाका केही स्थानमा मात्र रोटे पिङ पनि भनिने चर्खेपिङ अर्थात् काठे पिङ देख्न सकिन्छ। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट कम हुने गरेको पाइन्छ। पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिछन्। गाउँमा कुनै बेला शुभकामना साटसाट गर्ने स्थल पिङ मानिन्थ्यो। रोटेपिङ र लिङ्गेपिङ अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ।

Shivam cement

प्रकाशित: Oct 01, 2025| 19:19 बुधबार, असोज १५, २०८२
प्रतिक्रिया दिनुहोस्