शुक्रबार, साउन १५, २०८३

सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

 |  आइतबार, असोज १२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १२, २०८२

दाङ- रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस सल्यानमा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए।

आज बिहान लु२ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन्। घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ। गाडी सडकदेखि तीन सय मिटर तल खसेको छ।

प्रकाशित: Sep 28, 2025| 09:52 आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्