शुक्रबार, जेठ २९, २०८३

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 |  बिहीबार, असोज ९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ९, २०८२
National life
Shivam cement

झापा- झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो। पुरुषको शव आज बिहान ६:२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Sep 25, 2025| 12:43 बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्