आइतबार, असोज १२, २०८२

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

 |  बिहीबार, असोज ९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ९, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Sep 25, 2025| 12:40 बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्