मंगलबार, पुस १, २०८२

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

 |  मंगलबार, असोज ७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ७, २०८२

National life
Laxmi sunrise bank
kumari

काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ। पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए। गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका थिए। गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए। तिमल्सिनाका श्रीमती र दुई छोरा छन्।

प्रकाशित: Sep 23, 2025| 08:50 मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्