शुक्रबार, जेठ २९, २०८३

शाक्यलाई प्राधिकरणको जिम्मेवारीबाट हटाइयो

 |  आइतबार, असोज ५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज ५, २०८२
National life
Shivam cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो। 
हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। 

शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए।

प्रकाशित: Sep 21, 2025| 20:30 आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्