बिहीबार, फागुन २८, २०८२

नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी नै गाडी चल्न थाले

 |  शुक्रबार, असोज ३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३, २०८२

National life
Laxmi sunrise bank
kumari

चितवन- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ।

प्रकाशित: Sep 19, 2025| 08:24 शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्