सोमबार, मंसिर २९, २०८२

ढुंगा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

 |  बुधबार, असोज १, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १, २०८२

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ।

National life

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। घाइते कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुन्धान भइरहेको सूचना अधिकारी खनालले बताए।

प्रकाशित: Sep 17, 2025| 08:03 बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्