शुक्रबार, कात्तिक २८, २०८२

मधेस प्रदेश सभामा ४० करोड बराबरको क्षति

 |  मंगलबार, भदौ ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३१, २०८२

काठमाडौं । जेन जेडको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित रहेको मधेस प्रदेश सभा र सचिवालयमा ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ।

National life

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति पुर्‍याएको राससलाई जानकारी दिए।

त्यस्तै प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको उहाँले भन्नुभयो। तोडफोडमा प्रदेश सभा सचिवालयको हायसगाडीमा आगजनी गरेर ध्वस्त बनाएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा तोडफोड गरेर क्षतिग्रस्त बनाएको बताइएको छ।

कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इटरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त बनाएको उनले जानकारी दिए। साथै सभामुख मण्डलले आफ्नो निवासमा पनि आन्दोलनकारीहरूले तोडफोड गर्नुका साथै तीन तोला सुनको गहना लुटेर लगेको जानकारी दिँदै यो एकदम गम्भीर एवं दु:खद् विषय भएको बताए।

त्यस्तै प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटपाट भएको सचिवालयले जनाएको छ। यसैबीच मधेस प्रदेश सभाबाट आन्दोलनको नाममा लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ। मधेस प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा लिखित सूचनामा उपरोक्त विद्युतीय सामग्री फिर्ता पठाउन अनुरोध गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 16, 2025| 21:22 मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्