शुक्रबार, जेठ २९, २०८३

यस वर्षको दसैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

 |  मंगलबार, भदौ ३१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३१, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ। 

National life

मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जानकारी दिएको हो। 

त्यस दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ।

समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादसैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुँदैछ। त्यस दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ। 

असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ।  

Shivam cement

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ।

असोज १४ गते मंगलबार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ।

प्रकाशित: Sep 16, 2025| 18:58 मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्