मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

 |  मंगलबार, भदौ ३१, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३१, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ। 

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गर्नुभएको थियो । प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

प्रकाशित: Sep 16, 2025| 18:29 मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्