शनिबार, असोज ३, २०८३

आज यी स्थानमा हुनेछ भारी वर्षा

 |  आइतबार, भदौ २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २९, २०८२

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रकाशित: Sep 14, 2025| 07:24 आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्