शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जेन-जीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ : मेयर बालेन

जेन-जीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ : मेयर बालेन

 |  शनिबार, भदौ २८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २८, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र स‌ंसद् विघटन भएपछि आन्दोलनकारी जेन-जीप्रति सम्मान प्रकट गरेका छन्।

National life

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी छन्।

यसप्रति खुसी हुँदै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन-जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिए भने सयौँ घाइते भए। यसको आक्रोशमा भोलिपल्ट उनीहरूले आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार तथा सर्वोच्च अदालतसमेत जलाए।

त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ। अझै कैयौँ घाइते अस्पतालमा छन्।

Shivam cement

प्रकाशित: Sep 13, 2025| 07:11 शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्