शनिबार, असोज ३, २०८३

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको उहाँले बताउनुभयो। घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन्।

सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ।

यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन्।

प्रकाशित: Sep 12, 2025| 13:44 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्