सोमबार, मंसिर २९, २०८२

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

हुम्ला- बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

National life

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो। कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ।

प्रकाशित: Sep 12, 2025| 09:44 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्