शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रामेछाप कारागारका कैदी भाग्न खोज्दा सेनाको गोली लागेर दुई जनाको मृत्यु

रामेछाप कारागारका कैदी भाग्न खोज्दा सेनाको गोली लागेर दुई जनाको मृत्यु

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

रामेछाप- रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा रामेछाप अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो। हाल १२ जनाको उपचार जारी रहेको छ।

कैदीहरूले कारागारभित्रका तोडफोड गरेर निस्कन खोजेपछि सेनाले गोलि चलाएको थियो। मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका कैदी रहेका छन्।

रामेछाप जिल्ला कारागारमा हाल तीन सयभन्दा बढी कैदी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 11, 2025| 10:52 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्