शुक्रबार, भदौ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राजधानीका तीन जिल्लामा सेनाले तोक्यो निषेधाज्ञा र कर्फ्यूको समय

राजधानीका तीन जिल्लामा सेनाले तोक्यो निषेधाज्ञा र कर्फ्यूको समय

 |  बुधबार, भदौ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

vianetvianet

काठमाडौं । नेपाली सेनाले राजधानीका तीन जिल्लामा निषेधाज्ञा र कर्फ्यूको समय तोकेको छ।

Kumaribank

जंगी अड्डाले बुधबार राति सूचना जारी गरी काठमाडौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा र कर्फ्यूको समय तोकेको हो।

त्यसबीचमा सर्वसाधारण नागरिकको दैनिक जीवनयापन र आवतजावतलाई मध्यनजर गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

तीनै जिल्लामा बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुने भएको छ। बेलुका ७ देखि बिहान ६ बजेसम्म कर्फ्यू रहने बस्नेतले बताए।

अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने समय समेत सेनाले तोकेको छ। त्यसका लागि बिहीबार बिहान ६ देखि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म समय तोकिएको छ।

Metro Mart

निषेधाज्ञा र कर्फ्यूको समयमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरूका सवारीसाधन चल्नेछन्। यस्तै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने साधन चल्नेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानहरूमा कार्यरत् कर्मचारीले आफ्नो परिचय देखाएर कार्यालय जान-आउन सक्नेछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न सक्नेछन्।

काठमाडौं उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्ला सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय र समन्वय हुने सेनाले जनाएको छ।

प्रकाशित: Sep 10, 2025| 21:26 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्