शनिबार, माघ ३, २०८२

भैसेपाटीस्थित निवासबाट मन्त्रीहरुको हेलिकप्टरबाट उद्धार

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ।

National life

नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन्। मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ। अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

प्रकाशित: Sep 09, 2025| 14:02 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्