शनिबार, असोज ३, २०८३

कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ। जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ। अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

प्रकाशित: Sep 09, 2025| 13:15 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्