शुक्रबार, जेठ २९, २०८३

एमाले र कांग्रेसका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ। प्रदर्शनकारीले ललितपुरको सानेपास्थित काँग्रेस पार्टी कार्यालय र ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आगजनी गरेका हुन्।

National life

जेनजी आन्दोलनको दोस्रो दिन उग्र बनेको छ भने राजनितीक दलका नेताका घरहरु प्रदर्शनकारीको निशानामा परेका छन्।

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

 

Shivam cement

प्रकाशित: Sep 09, 2025| 12:52 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्