बिहीबार, फागुन २८, २०८२

देशभर जेन-जीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठामाडौं- जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ। काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन्।

National life

काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन्।

प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन्। त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन्। गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन्। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासतर्फ जादै गरेको समुहलाई प्रहरीले रोकेको छ।

भक्तपुरमा दरबार स्क्वायर क्षेत्रमा युवाहरुले प्रहरीलाई लखेटेका छन्। काठमाडौँ बाहिर विभिन्न जिल्लामा राजनीतिक दलका कार्यलयमा तोडफोड र आगजनीका खबर प्राप्त भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2025| 11:22 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्