काठमाडौं- ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु लगाएको छ।
मंगलबार विहान प्रशासनले जारी गरेको कर्फ्यु बिहान ७ बजेदेखि राति १२ बजेसम्म लगाइएको उल्लेख छ।
प्रशासनले ललितपुर महानगरको वडा नम्बर ४, १८ र २५ को भैसैपाटी क्षेत्र, वडा नम्बर २ को सानेपास्थित इद्रायणी क्षेत्र र वडा नम्बर ९ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।