बिहीबार, फागुन २८, २०८२

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्रिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ।

National life

हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2025| 06:52 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्