सोमबार, भदौ २३, २०८२

जेन-जी आन्दोलनमा रबरको गोली लागेर तीन पत्रकार घाइते

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet

काठमाडौं- जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन्। घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन्।

Kumaribank

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलीका छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन्। त्यसैगरी पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ। उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।

प्रकाशित: Sep 08, 2025| 14:27 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्