बिहीबार, पुस १७, २०८२

संसद् भवन पुग्यो जेनजीको प्रदर्शन

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु बानेश्वरस्थित संसद् भवन सम्म पुगेका छन्।

National life

प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए। प्रदर्शनकारी युवाहरु संसद भवनभित्र पस्न शुरु गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। 

प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ। त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन्। राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन्।

जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन्। साथै उनीहरुले प्रहरीलाई तपाइँहरु कसको साथ हुनुहुन्छ, हाम्रो वा भ्रष्ट नेताको भन्ने प्रश्न सोधेको प्लेकार्ड पनि बोकेका छन्।  

प्रकाशित: Sep 08, 2025| 12:34 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्