मंगलबार, भदौ २४, २०८२

पोखरामा पानीमा भिजेर जेनजी पुस्ताको प्रदर्शन

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet
Kumaribank
Metro Mart

पोखरा- पोखरामा युवा पुस्ता (जेन-जी)को स्वस्फुर्त रुपमा प्रदर्शन सुरु भएको छ। 

बर्षा भइरहेको भएतापनि युवाहरु छाता र रेनकोट ओढेर प्रदर्शन गरिरहेका छन्। भ्रष्टाचार र बेथितिका विरुद्ध युवाहरुले आज देशका प्रमुख शहरमा प्रदर्शन गरिरहेका हुन्। राष्ट्रिय झन्डा र प्ले-कार्डसहित विद्यार्थीदेखि जेन-जी पुस्ताका युवाहरुले प्रदर्शन सुरु गरेका छन्।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने युवाहरुले बताएका छन्।

प्रकाशित: Sep 08, 2025| 11:25 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्