सोमबार, भदौ २३, २०८२

भ्रष्टाचार र असमानताका विरुद्ध प्रदर्शन गर्दै जेन-जी पुस्ता

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet

काठमाडौं- सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

Kumaribank

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएका अहिलेका युवा नै जेन-जी पुस्ता हुन्।

उनीहरुले नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्दै नेताका छोराछोरीको जीवनशैलीमाथि प्रश्न गरिरहेका छन्। उनीहरुले ‘नेपो बेबी ट्रेण्ड’ र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए।

जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्।

Metro Mart

प्रकाशित: Sep 08, 2025| 08:05 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्