आइतबार, असोज ४, २०८३

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११:५६ मा चन्द्रग्रहणको मध्य, राति ०१:४१ बजे ग्रहण सकिएको थियो।

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो। नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०:११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१:४१ बजे अन्त्य भएको पनि उहाँले बताउनुभयो। पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।

यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो। यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ। चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ।

प्रकाशित: Sep 08, 2025| 06:58 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्