शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

 |  आइतबार, भदौ २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २२, २०८२

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन्।

National life

नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ।

नगरप्रमुख चौधरीले भने, 'गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो। यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ। आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ।'

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो। महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 07, 2025| 18:06 आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्