गोरखा- उत्तरी गोरखाको प्रवेशद्वार बेनिघाट–लार्के सडक विगत १० दिनदेखि अवरुद्ध छ। सेनाले निर्माण गरिरहेको सो सडकको तातोपानी खण्डको पहिरो नपन्छाउँदा सो सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।
धार्चे–३ मा पहिरोले सडकको जग नै बगाएर बूढीगण्डकीमा पुर्याएको छ। पैदलयात्रुसमेत पहिरोको बाटो जोखिम मलेर हिँड्न बाध्य भएको स्थानीय इन्द्रप्रसाद गुरुङले जानकारी दिए।