शनिबार, भदौ २१, २०८२

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

 |  शुक्रबार, भदौ २०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २०, २०८२

vianetvianet

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।

Kumaribank

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ। कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

Metro Mart

प्रकाशित: Sep 05, 2025| 07:11 शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्