शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

मलङ्गवा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ।

National life

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताए। उनले भने, 'पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ।'

यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाए। भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उनको भनाइ छ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उनले भने, 'चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ।'

Shivam cement

प्रकाशित: Sep 04, 2025| 21:20 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्