बिहीबार, पुस १७, २०८२

नवनियुक्त आइजीपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। आज (बिहीबार) गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो। निवर्तमान आईजीपी दीपक थापाले हिजोदेखि अवकाश पाएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी बनेका हुन्। खापुङ करिब ३ महिनामात्रै आईजीपी बन्ने छन्। ३० वर्षे सेवा हदको कारण उनी आगामी मंसिर २३ गतेबाट अवकाश जाँदैछन्।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै नवनियुक्त आईजीपी खापुङलेआफ्नो कार्यकालमा सकेको राम्रो गर्ने प्रतिवद्धता व्यक्त गरे। सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उनले बताए। उनले अपराध अनुसन्धानमा गहन चुनौती रहेको पनि बताए।

प्रकाशित: Sep 04, 2025| 11:18 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्